काठमाडौं । साहस ऊर्जाले निष्काशन गरेको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले असोज १७ गते आइतबार बिहान ९ बजे आफ्नै कार्यालय लाजिम्पाटमा बाँडफाँड गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता अर्थात ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।q
पुरा पढ्नुहॊस »युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न
काठमाडौं ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवाहरुबीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता थियो। बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउबाट सञ्चालित कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारेमा प्रकाश पारेका थिए। कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हीरा …
पुरा पढ्नुहॊस »सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा
काठमाडौं ।सानिमा बैंकले आफनो नयाँ शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा विस्तार गरेको छ। सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भएको छ। सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष महर्जनले आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिएका थिए। यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोको जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प
काठमाडौं ।सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
पुरा पढ्नुहॊस »प्रचण्ड बने हिमालयन बैंकका अध्यक्ष
काठमाडौं ।हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्।सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो। यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् ।
पुरा पढ्नुहॊस »आई पे आयो, दक्षिणा पायो’
काठमाडौं ।आई पे रेमिट प्रालिले नेपालीको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संवत र छठलाई लक्षित गरी आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ। यो योजना आज असोज १५ गतेबाट सुरु भई कात्तिक २५ गतेसम्म लागू हुनेछ। यस योजनाअन्तर्गत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणास्वरुप रु. २ हजार, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणास्वरुप रु. ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले …
पुरा पढ्नुहॊस »नेपाल फाइनान्स र कुमारी बैंक संस्थापक शेयर आजदेखि विक्रीमा
काठमाडौं । नेपाल फाइनान्स र कुमारी बैंकले संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सुचना जारी गरेका छन् । नेपाल फाइनान्सले केहि संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ६९ हजार ३०० कित्ता शेयर विक्रीको लागि आव्हान गरेको हो । त्यस्तै कुमारी बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रा.लीको नाममा रहेको १ लाख ९५ हजार कित्ता र वेद प्रकाश उप्रेतिको नाममा रहेको २ लाख ३८ हजार ६४० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने …
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डूका कार्डबाहकलाई ‘स्मार्ट दसैं अफर’ मा २०%सम्म नगदफिर्ता
काठमाडौं ।बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २०% सम्म नगदफिर्ता (क्यासब्याक) पाउने भएका छन्। दसैँलाई लक्षित गरी स्मार्टडोकोले आज असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकका कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्म नगदफिर्ता पाउन सक्नेछन्। बैंकका कार्डबाहकहरुले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा …
पुरा पढ्नुहॊस »कुमारी बैंकका ग्राहकलाई सारथि होटेलमा छुट
काठमाडौं ।कुमारी बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। छुटसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथि होटेलका प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०% देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।
पुरा पढ्नुहॊस »थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाै ।विहीबार नेपालमा थप १ हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १२ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज ११हजार ७५६ जनाको नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »