रश्मी

भारतमा थपिए २२ हजार बढी नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप २२ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२  जना सङ्क्रमित भएका हुन्। अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए । शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित …

पुरा पढ्नुहॊस »

५५ अंकले घट्यो नेप्से

′काठमाडौं । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से ५५ दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ७७ दशमलव ४९ बिन्दुमा  आइपुगेको छ । आज आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ । सबै उपसमूहहरु ऋणात्मक भएर बजारनै राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेको छ …

पुरा पढ्नुहॊस »

तेस्रो वर्षमा फोन पे

काठमाडौं  ।नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोन पेमा हाल ५ लाख २५ हजारभन्दा बढी मर्चेन्ट पुगेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोन पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। …

पुरा पढ्नुहॊस »

मेगा बैंकका ग्राहकलाई ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशतसम्म छुट

काठमाडौं  ।मेगा बैंकका ग्राहकले ल्याटीन ए.बि.एस सर्भिस सेन्टरमा ३० प्रतिशत छुट पाउने भएका छन् । ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै मेगा बैंकको सहकार्यमा यो अफर ल्याएको हो। कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको हो । कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट …

पुरा पढ्नुहॊस »

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनिन्

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंहलाई चयन गरिएको बताएका हुन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।

पुरा पढ्नुहॊस »

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले  २०७६–७७ को नाफाबाट  २७.३६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बसेको सञ्चालक समिति बैठकले २०७६–७७ को नाफाबाट २०% बोनस सेयर र ७.३६% नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ६ करोड ४० लाख ९ हजार रुपैयाँ बराबरको बोनस र  २ करोड ३५ लाख  ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ ।  नियामक निकाय नेपाल  राष्ट्र बैंकले स्वीकृति प्रदान गरे पछि    आगामी साधारण सभाबाट …

पुरा पढ्नुहॊस »

एनसेलकाे नि:शुल्क सिम ज्येष्ठ नागरिकलाई

काठमाडौं । एनसेलले  ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट संचालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्छन् र साथै ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाईने सेवा, सुविधाहरुको फाइदा लिन सक्छन् । यो योजना अन्तर्गत पहिलो ५० वा सो भन्दा बढिको रिचार्जमा …

पुरा पढ्नुहॊस »

साहस उर्जाको आईपीओ बाँडफाँड

काठमाडौं  । साहस उर्जा लिमिटेडको आईपीओ आज (आइतबार ) बाँडफाँड  गरेको छ। गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको  र २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। …

पुरा पढ्नुहॊस »

कामना सेवाद्वारा ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु

काठमाडौं ।कामना सेवा विकास बैंकले ‘युनिफोक रिडिङ ग्लास’ सेवा सुरु गरेको छ। ग्राहकको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा बैंकले विश्व दृष्टि दिवसका अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौँ’ भन्ने नारालाई आत्मसात गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु गरेको हो। बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा …

पुरा पढ्नुहॊस »

थप १ हजार ६६जनामा कोरोना संक्रमण पुष्टि,१३ जनाको मृत्यु

काठमाडौं  ।शुक्रबार  नेपालमा थप १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार   १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो  । आज थप १३ जनाको मृत्यु भएको छ भने ९३८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १३ हजार  ३६८जनाको नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »