नबिल बैंकलाई एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्ड

काठमाडौं । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।

सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो ।

एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रवि ओड ५ लाख धरौटी बुझाएपछि छुटे

वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका नेपाल आइडल विजेता रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

प्रतिकृया दिनुहॊस

This will auto close after