कुमारी बैंकका ग्राहकलाई सारथि होटेलमा छुट

काठमाडौं ।कुमारी बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्।

बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो।

छुटसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथि होटेलका प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०% देखि १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री