नेप्सेमा ४६ दशमलव ४६ अंककाे उच्च गिरावट

मंगलबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। दिनहुँ घट्दै आएको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेको थियो भने आज ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ०६ विन्दुमा झरेको हो ।

मंगलबार २२८ वटा धितोपत्रको ५८ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ६७ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार १३ वटै समूहमध्ये होटल एण्ड टुरिजम समूहको ० दशमलव ५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ।

मंगलबार २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त रहेका छन्।

कारोबार रकमको आधारमा हिमालयन ड्रिस्टिलरी लिमिटेडको ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस