टीका प्रसाईंको ‘तिमी बिना’ बजारमा (भिडियोसहित)

लोकप्रिय गायिका टीका प्रसाईंले ‘तिमी बिना’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्। विगतमा आधुनिक, सेमी-क्लासिकल, लोकभाका, डान्सिङ्ग नम्बर आदि धेरै गीतहरु ल्याएर चर्चा पाएकी प्रसाईंले यसपटक भने गजललाई गीतको माध्यम बनाएर आएकी हुन्।

गीतको रचना गणेश श्रेष्ठले गरेका हुन् भने संगीतकार सन्तोष दुमी रहेका छन्। स्वर टीका स्वयंको छ। एरेन्जर आदेश गुर्मछान हुन् भने रेकर्डिङ मनोज साङसोङ र सुरेश राईले गरेका छन्।

मिक्सिङ मास्टरिङ्ग राजु कार्कीले गरेको गीतलाई टीका प्रसाईंको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत यस्तो छ :

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री