नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन्।
उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए। कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाइ थियो।
भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उनले बताए। उनले भने, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ।”
स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उनको भनाइ छ। तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उनले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताए। अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उनले बताए।
प्रतिकृया दिनुहॊस