एनआईबिएल एस क्याप्टिलको नयाँ वर्ष अफर

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छः

-मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरो शेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागू हुने
-लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट
-व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली

-विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागू हुने यस क्यापिटलले बताएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस