गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान् इन्द्रबहादुर राना मगरलाई गुराँस सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक ५ लाख ९३ हजार ३२० (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तीन सय बीस मात्र ।) गुराँस लाइफ इन्स्योरेन्स क.लि नारायणगढ शाखाका प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरसहितको टिमले बिहीबार नारायणगढ शाखामा एक कार्यक्रमबीच चेक हस्तान्तरण गरे ।
स्व. सुमन रानामगरको केही समय अगाडि क्यान्सर रोगको कारण निधन भएको थियो । उनले दुई बर्ष अगाडि सिनीयर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाखको सावधीक जीवन बीमा गरेका थिए ।
शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको लागि महत्वपूर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।
प्रतिकृया दिनुहॊस