शुक्रबार १४ जना नयाँ संक्रमित थपिए, ५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ९०३ नमूना परीक्षण गर्दा १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४३८ जना सक्रिय संक्रमित रहेका छन्।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७ हजार ८९४ रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री