पाँच दलीय सत्ता गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
चुनावीसभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरि ६ जना शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रका सदस्य–सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।
बैठकले सात प्रदेशका धनगढी र सुर्खेतमा वैशाख १८ गते, बुटवल र पोखरामा वैशाख १९ गते, विराटनगर र जनकपुरमा वैशाख २० गते तथा काठमाडौँमा वैशाख २२ गते चुनावीसभा गर्ने निर्णय गरेको उनले बताए।
प्रतिकृया दिनुहॊस