डिशहोम फाइबरनेट सेवा दाङ्गको तुलसीपुरमा विस्तार

डिशहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज, धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, विराटनगर , नेपालगञ्ज, धनगढी र सुर्खेतसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल दाङ्गको तुलसीपुरमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दैछ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस