प्रदिप नेपाल

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र सार्वजनिक गरिएको हो । पूर्णपाठ पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेला । Congress

पुरा पढ्नुहॊस »

काठमाडौँमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ स्थित काँडाघारीमा भएकाे दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौँको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आलेमगर रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको …

पुरा पढ्नुहॊस »

पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वार कार्कीले गरे मनाेनयन दर्ता

नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ। पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै पोखरा १४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन्। केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेद्वारी दर्ता गरेको कार्कीले बताए । कार्कीले पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताए । ‘मिलेर पद लिने हो भने ६० अर्ब चुनावी खर्च किन गर्नुपर्‍यो ? मिलेर पद …

पुरा पढ्नुहॊस »

बिन्ध्यवासिनी हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि आजदेखि आइपिओ खुला

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा ५, …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा प्रदेश स्तरिय ‘कृषि कर्जा योजना’काे घोषणा

एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’को घोषणा गरेको छ। यो योजना बैंशाख २ देखि असार ३२ सम्म लागू हुनेछ। बैंकले प्रदेश १ का लागि पाथिभारा ब्यवसायिक कृषि कर्जा, मधेश प्रदेशका लागि मधेश ब्यवसायिक कृषि कर्जा, वागमती प्रदेशको लागि स्मार्ट कृषि कर्जा, गण्डकी प्रदेशका लागि गण्डकी ब्यवसायिक कृषि कर्जा, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि ब्यवसायिक कृषि कर्जा, कर्णाली प्रदेशका लागि कर्णाली ब्यवसायिक कृषि कर्जा र सुदूर पश्चिम प्रदेशको लागि सुदूर पश्चिम …

पुरा पढ्नुहॊस »

डिशहोमद्वारा ‘क्याम्पस वाईफाई सोलुसन’ सेवा सुरु

डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको छ। भृकुटी मण्डपमा चलिरहेको क्यान ईन्फोटेकमा डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो। डिशहोमले भृकुटीमण्डपमै पत्रकार सम्मेलनको आयोजना गरेर क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो। सेवा लन्च गर्दै कम्पनीका म्यानेजिङ डाईरेक्टर सुदीप आचार्यले क्याम्पस वाईफाई सोलुसन कम्पनीको नियमित प्रयासले लन्च गर्न सकिएको बताए । उनले यो वाईफाई प्रबिधिमा आधारित सेवा भएकाे र यसले ग्राहकलाई सन्तुष्ट बनाउने दाबी गरे।

पुरा पढ्नुहॊस »

जनताले राप्रपालाई वैकल्पिक शक्तिका रूपमा लिएका छन् : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन्। आज गृह जिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए। उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल …

पुरा पढ्नुहॊस »

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको …

पुरा पढ्नुहॊस »

शनिबार १८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९४७ नमुना परीक्षण गर्दा १८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४८ हजार ७८० रहेको छ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीसँग अमेरिकी सांसदहरूको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो। सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ। नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवर्द्धनबारेमा पनि विचार आदानप्रदान भएको …

पुरा पढ्नुहॊस »