नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत …
पुरा पढ्नुहॊस »गायक प्रमोद खरेल सवारी दुर्घटनामा
गायक प्रमोद खरेलले आफू सवारी दुर्घटनामा परेको जानकारी दिएका छन्। दाङको तुलसीपुरमा हुने कार्यक्रममा सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार दुर्घटनामा परेको उनले बताएका हुन् । दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको थियाे। राति नै डिस्चार्ज भएका गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै …
पुरा पढ्नुहॊस »एक हजार रुपैयाँले घट्याे सुनको मूल्य
सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ। बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ। चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० …
पुरा पढ्नुहॊस »ईक्रा नेपालद्वारा एनएमबि बैंकको रेटिङ्गमा स्तरोन्नती
ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तरबृद्धि गरि “[ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ । ईक्रा नेपाल लिमिटेड भारत स्थित ICRA Limited (ICRA) of India को सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ्ग एजेन्सी हो । विगतका बर्षहरुमा …
पुरा पढ्नुहॊस »एक लाख ५२ हजार ४६५ जना उम्मेदवारको विवरण सङ्कलन
स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ। निर्वाचन आयोगको प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र …
पुरा पढ्नुहॊस »कुमारी बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त
कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाललाई नियुक्त गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरि ४ वर्षको लागि सीइओ बनाएको हो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । कुमारी बैंकमा गतवर्ष साउनदेखि सीइओ पद रिक्त थियो । कामूको भरमा चलाएको कुमारीले ९ महिनापछि खनाललाई सीइओ बनाएको हो । कुमारी बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । तत्कालिन कामू सीइओ रहेका अनुजमणि …
पुरा पढ्नुहॊस »परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण
गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गरेका हुन्। उनले परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक …
पुरा पढ्नुहॊस »घोषित मितिमै निर्वाचन हुनेमा शंका छैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निष्पक्ष तवरले हुने बताए। प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उनले भने, “संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो यो हल्ला हो।” बागी उम्मेदवारका सम्बन्धमा मन्त्री खाणले कांग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी …
पुरा पढ्नुहॊस »आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडाैंको होटल र्याडिसनमा सम्पन्न भयो। सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तिय विवरणहरु पारित गरियो । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरियो । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरि आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न …
पुरा पढ्नुहॊस »११ जनामा कोरोना संक्रमण, २५२ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ८९१ नमूना परीक्षण गर्दा ११ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख २३ हजार ५९० रहेको छ।
पुरा पढ्नुहॊस »