१४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७७१ नमूना परीक्षण गर्दा १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ लाख ९ हजार ५६ रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस