प्रदिप नेपाल

सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघनप्रति काउन्सिलकाे ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ। आइतबार विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ/सङ्गठनका जिम्मेवार पदाधिकारीसमेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न/नगराउन भनेको छ । सञ्चार माध्यममाथि नियमित अनुगमन गर्दै आएको प्रेस काउन्सिल नेपालले निर्वाचन …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१/२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ गते मङ्‌गलबारका दिन १६ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’ राष्ट्रपति कार्यालयद्वारा …

पुरा पढ्नुहॊस »

संसद् बैठक आह्वान गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संघीय संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले संघीय संसदको बैठक आउँदो जेठ ३ वा ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो। जेठ १५ गते आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय (बजेट) ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः थप १७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १० नमूना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २२ हजार १०६ रहेको छ …

पुरा पढ्नुहॊस »

शेयर बजारः १७ दशमलव ९५ अंकले बढ्याे नेप्से

आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको बजार आज सकारात्मक देखिएको हो । शुक्रबार ३७ दशमलव शून्य ६ अंकले घटेको बजार आज भने १७ दशमलव ९५ अंकले बढेर २ हजार २५६ दशमलव ५७ विन्दुमा पुगेको छ। आइतबार २३३ वटा धितोपत्रको ३३ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको शेयर …

पुरा पढ्नुहॊस »

गठबन्धनलाई बलियो बनाएर लैजानु पर्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पाँचदलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानु पर्ने बताए। गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ।” उनले गठनबन्धनले ६ महानगरमध्ये तीन वटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताए।महानगर मात्र नभई …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनमा कुन उमेर समूहका उम्मेदवार कति ?

आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ। निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ। सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन्। २१ देखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरि कुल ३५ हजार २५८ उम्मेदवार छन्। यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका …

पुरा पढ्नुहॊस »

निर्वाचनका दिन सबै आन्तरिक उडान बन्द हुने

वायुसेवा सञ्चालक सङ्घ, नेपालले वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ। निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

पुरा पढ्नुहॊस »

कैलालीमा भएकाे सवारी दुर्घटनामा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–७ मा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए। मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन्। दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको …

पुरा पढ्नुहॊस »

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टलमाथि कारवाही

निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ। उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेका कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो। दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरि कारवाही गरिएको आयोगले बताएको छ। आयोगका अनुसार हालसम्म …

पुरा पढ्नुहॊस »