आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ। निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ।
सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन्। २१ देखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरि कुल ३५ हजार २५८ उम्मेदवार छन्। यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका उम्मेदवारको सङ्ख्या ३७ हजार ५४ छ। सो उमेर समूहमा २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला छन्।
यस्तै ६५ वर्ष माथिका चार हजार ३५० पुरुष र एक हजार १७७ महिला गरि पाँच हजार ५२७ उम्मेदवार रहेका छन्। वैशाख ३० गते ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा कूल १४५ हजार १० जना उम्मेदवार छन्।
नगरपालिका प्रमुखमा तीन हजार २३८, उपप्रमुखमा एक हजार ९६४, गाउँपालिका अध्यक्षमा तीन हजार ९२ र उपाध्यक्षमा दुई हजार १६३ जनाको उम्मेदवारी कायम भएको छ। यस्तै वडाध्यक्षमा ३२ हजार ४९६, सदस्यमा ५३ हजार १७३, महिला सदस्यमा २५ हजार ५९९ र दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ।
प्रतिकृया दिनुहॊस