प्रदिप नेपाल

‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक (भिडियाेसहित)

सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ। गत शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो। चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्सकाे युट्युव च्यानलमार्फत् ल्याइएको छ। रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ। जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत …

पुरा पढ्नुहॊस »

साहित्यकार वर्षाको ‘अन्ततः यन्त्रणा’ उपन्यास लोकार्पण

कवि तथा साहित्यकार सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रण’ एक भव्य कार्यक्रमका विच नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भयो । नेपाली कांग्रेसका महामन्त्री तथा साहित्यकार कवि, विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकार भुवन दुङ्गाना, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, लेखक सुमन वर्षा र शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले संयुक्तरुपमा कृतिको सार्वजनिक गरेका हुन् । लोकार्पित पुस्तक अन्ततः यन्त्रणामाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले पुस्तक मार्फत सुमन वर्षाले धेरै …

पुरा पढ्नुहॊस »

१० महिनामा भित्रियो ६४ अर्बकाे खाद्यान्न, सबैभन्दा बढी चामल आयात

नेपाललाई वर्षौंदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ। तर व्यवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन। भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको छ। जबकी केही वर्षअघिसम्म नेपालले यी खाद्यान्न निर्यात गर्ने गर्थ्याे। २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीका मन्त्री फेरिँदै, हेरफेर नियमित प्रक्रिया हो : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन्। पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन्। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले ६ महिना भनेका थियौं। सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। …

पुरा पढ्नुहॊस »

एक साता अघि नै नेपाल भित्रियो मनसुन

पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ। १३ जुनमा भित्रिनु पर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको …

पुरा पढ्नुहॊस »

देशभर कोरोनाका सक्रिय संक्रमित ११० जना, १३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जना कोरोना मुक्त भएका छन्। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११० जना रहेको छ। पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरि १३ जनामा कोरोना पुष्टि भएको हो।

पुरा पढ्नुहॊस »

कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम उदघाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । जेष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ। सो रुम उदघाटनमा डिशहोमका तर्फबाट पूर्वीक्षेत्रिय सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालको उपस्थिती रहेको थियो भने डिलरका तर्फबाट र डिलरका म्यानेजर जगदिश भट्टकोे उपस्थिती रहेको थियो । विगत लामो …

पुरा पढ्नुहॊस »

भारतले सम्झौता अनुसारको मल नदिएपछि ताकेता गर्न कृषिमन्त्री भारतमा

सम्झौता अनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र यादव भारत प्रस्थान गरेका छन्। खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीन जना मन्त्रीसँग छलफल गरेर फर्कने छन्। भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएका …

पुरा पढ्नुहॊस »

कांग्रेस अहंकारको बाटोमा छैन, कसैले आशंका गर्नु पर्दैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन्। सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन्। केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए। प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उनले बताए। ‘उहाँ …

पुरा पढ्नुहॊस »

२ प्रतिशतले घट्यो सार्वजनिक सवारीको भाडा

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो। नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले भाडा घटेको हो । सरकारले …

पुरा पढ्नुहॊस »