निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टलमाथि कारवाही

निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ। उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेका कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो। दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरि कारवाही गरिएको आयोगले बताएको छ।

आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ।

यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ।

आठ वटा मिडियालाई लिखितरुपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरुपमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस