कैलालीमा भएकाे सवारी दुर्घटनामा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–७ मा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए। मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन्।

दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस