प्रदिप नेपाल

प्रधानमन्त्रीपत्नी आरजु देउवालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मंगलबार आयोगले राणालाई उनले चुनावी सभाहरुमा दिएको अभिव्यक्तिबारे आयोगमा उजुरी परेको जनाएको छ। मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको निर्वाचन आयोगको पत्रमा जनाइएको छ। संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सकारबीच राजश्वको …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगद्वारा प्रचण्डसँग स्पष्टीकरण माग

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेनु दाहाललाई निर्वाचित नगराए देश दुर्घटनामा पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो। प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ। आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। ‘माओवादी केन्द्रका अध्यक्षले आफ्नो दलको चुनाव …

पुरा पढ्नुहॊस »

एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसक्यो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन्। एमालेले साना दलहरुसँग तालमेल गरेको र ती दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो। मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन्। ‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, …

पुरा पढ्नुहॊस »

तुलसीपुर उपमहानगर-१७ मा जेठ ३ गते मतदान हुने

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ। एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए। यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए। चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको …

पुरा पढ्नुहॊस »

देशभर ३५५ जना निर्विरोध, १ लाख ९ हजार ८८ जना कर्मचारी खटिए

निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुबाट सम्पूर्ण तयारीहरु पूरा भइसकेको जनाएको हो । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेको आयोगले जानकारी दिएको छ । जसमा ६ …

पुरा पढ्नुहॊस »

समाजसेवा नै मेरो पहिलो प्राथमिकता हो : कुमार तामाङ (वडाअध्यक्ष उम्मेदवार, मण्डनदेउपुर)

समाजसेवा गर्न राजनीतिमा आउनु पर्दैन तर देश चलाउने माध्यम भनेको राजनीति नै रहेछ। आफ्नै गाउँ ठाउँमा रहेका धेरै समस्याहरु राम्ररी देखेका कुमार तामाङलाई सुरुमा समाजसेवा नै सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्यो र उनले आफ्नै गाउँबाट यो अभियान सुरु गरे। युवाहरुको सक्रियतामा क्लव खोलेर आर्थिक सहयोग संकलन गर्दै विभिन्न समस्याहरुको समाधानमा अघि बढ्दै गर्दा उनले कुनै राजनीतिक संगठनमा नलागेरै पनि गाउँमा धेरै राम्रा कामको सुरुवात गरे । खानेपानीको समस्या थियो, …

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ। सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता अनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था …

पुरा पढ्नुहॊस »

भारतको सबैभन्दा मन पर्ने एसेसरिज ब्रान्ड पेबल नेपालमा

भारतको सबैभन्दा मन पर्ने एसेसरिज ब्रान्ड पेबल अहिले नेपालमा आएको छ। भारतमा सबैभन्दा छिटो बढ्दो जीवनशैली इलेक्ट्रोनिक्स ब्रान्डहरू मध्ये एक, पेबल, अब एलाइड ट्रेड लिंक इन्टरनेशनल प्रालिसँगको साझेदारीमा नेपालमा उपलब्ध हुने भएको हाे। भारतमा, पेबल सबैभन्दा धेरै बिक्री हुने स्मार्ट पहिरनयोग्य ब्रान्डहरू मध्ये एक हो र तिनीहरूका नवीनतम स्मार्ट घडीहरू र फिटनेस ट्र्याकरहरू चाँडै नै नेपालका सबै रिटेल स्टोरहरू र अनलाइन पोर्टलहरूमा उपलब्ध हुनेछन् । स्मार्ट घडीहरूको साथसाथै, तिनीहरूको उच्च …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिकरुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको …

पुरा पढ्नुहॊस »

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सूक्ष्म निगरानी भइरहेको छः गृह मन्त्रालय

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ। गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी केही क्रियाकलापहरु भईरहेको सूचनाहरु प्राप्त भएको समेत जनाएको छ। ‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी …

पुरा पढ्नुहॊस »