प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गरेका छन्। उनले ४२ औँ सामाजिक सेवा दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं सामाजिक सेवामा लाग्नुभएका सम्पूर्ण व्यक्ति तथा सङ्घ संस्थालाई शुभकामना व्यक्त गर्दै सो कुरा उल्लेख गरेका हुन्। ‘सर्वजन हिताय, सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको पाइन्छ। आजको विश्व परिवेशमा …
पुरा पढ्नुहॊस »राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा सुडानमा सत्ता हत्याउने प्रयासको निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन्। उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन्। उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमान्दार रहन यहाँका …
पुरा पढ्नुहॊस »कति छ आज सुनचाँदीको मूल्य?
साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ९ सयले बढेको हो। आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले बढेको थियो। गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो। यस्तै शुक्रबार १४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार १०० …
पुरा पढ्नुहॊस »नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द
सरकारले स्वास्थ्य बीमावापतको रकम उपलब्ध नगराएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले स्वास्थ्य बीमावापतको सम्पूर्ण सेवा बन्द गरेको छ। विगत चार दिनदेखि अस्पतालले बीमा सेवा बन्द गरेपछि उपचारका लागि आएका बीमाका बिरामी मारमा परेका छन्। सरकारले समयमा स्वास्थ्य बीमाको रकम उपलब्ध नगराउँदा बाध्य भएर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा तत्कालका लागि बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए। अस्पतालले उधारोमा औषधि ल्याएर …
पुरा पढ्नुहॊस »सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। मन्त्रिपरिषद्ले कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती प्रदान गर्ने र कोभिड …
पुरा पढ्नुहॊस »एकीकृत समाजवादी २६ दिनसम्म चुनाव चिन्ह विहीन, कलम छापमा माधव नेपालको जोड
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता भएको २७औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ। चुनाव चिन्ह बिना नै ९ भदौमा दर्ता भएको नेकपा (एस)ले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जाने सम्भावना रहेको बुझिएको छ। पार्टी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएका छन्। ‘राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाजीले कलम चिन्हबाट नै लडेर बिजय हुनु भएको छ, स्वतन्त्र भने पनि उहाँलाई हाम्रो समर्थन …
पुरा पढ्नुहॊस »कुलमानको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै घिसिङलाई काम गर्ने बाटो खुलेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यसअघि गत भदौ ८ गते मिसिल झिकाउने आदेश दिनुभएको उनले आज कारण देखाउ र अन्तरिम आदेश जारी नहुने आदेश सुनाएका हुन्। “निवेदक हितेन्द्रदेव शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २५ गतेको निर्णयबाट …
पुरा पढ्नुहॊस »सरकारले चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्। नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्याउने अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको दावीसमेत गरे। मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का …
पुरा पढ्नुहॊस »एडीबीले नेपालकाे विद्युतीय प्रणाली सुधारका लागि ६० करोड ऋण दिने
विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ। निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो। त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण र ११३ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति रहेका छन्। यस्तै विद्युत् वितरण प्रणालीको स्वसञ्चालनका लागि नियन्त्रण कक्ष निर्माण हुनेछ। …
पुरा पढ्नुहॊस »प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ। यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा सोही अवधिमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका …
पुरा पढ्नुहॊस »