प्रदिप नेपाल

लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

बुटवल। लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक आयोजनाका लागि आएको ५२ करोड ५६ लाख रुपैयाँ बजेट गुमेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले तय गरेका सडक आयोजना खारेज गरेपछि रूपन्देहीका मात्र ४९ वटा …

पुरा पढ्नुहॊस »

आज प्रतिनिधिसभा बैठकमा छ वटा कार्यसूची पेस हुने

सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन्। मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्नेछन्। बिहान ११ बजेदेखि …

पुरा पढ्नुहॊस »

कम्युनिस्टहरुले देशलाई स्थायित्व प्रदान गर्न सक्दैनन्ः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट पार्टीहरुले देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नसक्ने बताएका छन्। संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन्। उनले संविधानको निर्माणकर्ता र कार्यन्वयनकर्ता नेपाली कांग्रेस पार्टीनै भएको दाबी पनि गरे। “संविधानको निर्माण तत्काली पार्टी सभापति तथा प्रधानमन्त्री शुशील कोइरालाको नेतृत्वमा भएको हो, यसको कार्यान्वयन पनि सभापति तथा प्रम शेरबहादुर देउवाले सुरु गर्नुभएको हो,” सिंहले भनेका छन्–“त्यसैले पनि संविधानको सबैभन्दा धेरै अपनत्व …

पुरा पढ्नुहॊस »

संविधान दिवसमा प्रधानमन्त्रीकाे शुभकामनाः ‘संविधानकाे सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन्। साताैं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्। मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका …

पुरा पढ्नुहॊस »

इन्द्रजात्रा पर्व आज परम्परागत रुपमा मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरि आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ। शनिबार बिहान ६ः५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग …

पुरा पढ्नुहॊस »

देशभर विभिन्न कार्यक्रमसहित सातौँ संविधान दिवस मनाइँदै

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ। जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ। तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ। नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक …

पुरा पढ्नुहॊस »

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन्। कमेडी च्याम्पियन सिजन-२ को वजेता भएसँगै भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भएका छन्। उनले स्कुटर प्राप्त गरेका छन्। यस्तै फस्ट रनरअप भएर बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरेका छन्। ग्राण्ड फिनालेमा …

पुरा पढ्नुहॊस »

‘अपरिचित अनुहार’ लिएर आए कथाकार महेश पौड्याल

साहित्यकार तथा समालोचक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ। महेश कार्की क्षितिजले सञ्चालन गरेको कार्यक्रममा लेखकको परिचय प्याबसनका महासचिव सुवास न्यौपानेले दिएका थिए। त्यसैगरी शुभकामना मन्तव्य त्रिभुवन विश्व विद्यालयका अङ्ग्रेजी विभाग प्रमुख डा. जीवलाल सापकोटाले दिएका थिए। कथासङ्ग्रहको समीक्षा गर्ने क्रममा डा.अशोक थापाले कथाको बारेमा टिप्पणी गरेका थिए। उनले भने “त्यसपछि फुलेन गोदावरी नामक कथासङ्ग्रहभन्दा यस सङ्ग्रहको उचाई बढेको छ।” उनले थप्दै भने “कथासङ्ग्रह पढ्दै …

पुरा पढ्नुहॊस »

अन्तिम समयमा बच्न नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो। नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो। नेपालका लागि विमला चौधरीले गोल गरिन्। उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो। खेलको ३९औं मिनेटमा चोट लागेसँगै बिमलाले मैदान छाडेकी थिइन्। प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्सविरुद्ध …

पुरा पढ्नुहॊस »

केपी ओलीले लगाए सरकारलाई खर्बौं रुपैंयाँकाे सेटिङ गरेकाे आरोप

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैंयाँ तलमाथि पर्ने गरि सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्। शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको खेल गरेको आरोप लगाएका हुन्। सरकारले सेटिङमा अर्बौं रुपैंयाँ तलमाथि पर्ने गरि करको दर हेरफेर गरेको उनले बताए। आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा …

पुरा पढ्नुहॊस »