एकीकृत समाजवादी २६ दिनसम्म चुनाव चिन्ह विहीन, कलम छापमा माधव नेपालको जोड

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता भएको २७औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ।

चुनाव चिन्ह बिना नै ९ भदौमा दर्ता भएको नेकपा (एस)ले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जाने सम्भावना रहेको बुझिएको छ।

पार्टी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएका छन्।

‘राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाजीले कलम चिन्हबाट नै लडेर बिजय हुनु भएको छ, स्वतन्त्र भने पनि उहाँलाई हाम्रो समर्थन थियो,’ नेपालले भन्दै आएका छन, ‘राष्ट्रियसभाबाट स्थापित भइसकेको कलम चिन्हलाई नै पार्टीको चुनाव चिन्ह बनाउँदा ठिक हुन सक्छ, त्यसबारेमा छलफल गर्नुपर्छ।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस