सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन्। सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। उनका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखुखेतीबाट निरुत्साहित हुँदै …
पुरा पढ्नुहॊस »‘मिसेस नेपाल वर्ल्ड’ आयोजनाकाे तयारी
बिबाहित महिलाकाबीच आयोजना गरिँदै आएको मिसेस नेपाल इन्टरनेसनलको आयोजक संस्थाले अब मिसेस नेपाल वर्ल्ड आयोजना गर्ने भएको छ। विभिन्न वर्ग र उमेरका प्रतिभाशाली व्यक्तिहरुको व्यत्तित्व र क्षमता बृद्धिका लागि विभिन्न प्रतिभामुलक स्पर्धा तथा सौन्दर्य प्रतियोगिता गर्दै आएको रिबन इन्टरटेनमेन्टले सो प्रतियोगिताका विजेतालाई अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएसँगै अब मिसेस नेपाल वर्ल्ड आयोजना हुने भएको हो। रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त …
पुरा पढ्नुहॊस »सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साेमबार भूकम्पको धक्का महसुस गरिएको छ। साेमबार दिउँसाे साढे ४ बजे गएको भूकम्प बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब २ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत भदौ २६ गते पनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रविन्दु भएर ५ …
पुरा पढ्नुहॊस »‘अन्तर्राष्ट्रिय शान्ति दिवस’आज मनाइँदै
प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरि देशभर मनाइँदैछ। सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरि राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो। सन् २००२ मा भएको संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो। …
पुरा पढ्नुहॊस »सोह्र श्राद्ध आजदेखि सुरू, किन गरिन्छ सोह्र श्राद्ध?
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो। कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। चाडपर्व यज्ञयज्ञादि …
पुरा पढ्नुहॊस »नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने
नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुने भएको छ। मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितको उपस्थितिमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो। परिस्थिति अनुकूल भएमा आगामी २६ देखि २८ फरवरी २०२२ मा सो त्रिदीवसीय कार्यक्रमको आयोजन गरिने छ। नेपाल भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने …
पुरा पढ्नुहॊस »प्रदेश नं. १ र वाग्मती प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन्। उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवादसमेत व्यक्त गरे। आफ्नो पार्टी कसैको …
पुरा पढ्नुहॊस »एमालेको स्थायी कमिटी बैठकमा अध्यक्षका तीन प्रतिवेदनमाथि छलफल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ। सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका तीन प्रतिवेदनमाथि छलफल गरेको हो। बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संशोधन सम्बन्धी प्रस्ताव, संगठन सम्बन्धी प्रश्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताए। उनले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज …
पुरा पढ्नुहॊस »उपल्लो मुस्ताङमा सञ्चार सहज, टावर टिप्न डाँडामा चढ्नुपर्ने बाध्यता हट्याे
म्याग्दी, मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नु पर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ। घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ। देश ,विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट …
पुरा पढ्नुहॊस »११ अर्ब ८३ करोडको ट्रेजरी बिल आज बिक्री गरिने
नेपाल राष्ट्र बैंकले आज रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो। बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ। उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ। यस्तै रु चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल …
पुरा पढ्नुहॊस »