प्रदिप नेपाल

बंगलादेशविरुद्ध नेपाल: पहिलो हाफ बराबरीमा

नेपालविरुद्ध बंगलादेशबीचको जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफ ०-० को अवस्थामा सकिएको हो। दुबै टोलीले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। खेलको ९ मिनेटमा नेपालले पहिलो मौका चुकायो। डिफेण्डर अमृता जैशीले अगाडी बढेर डिबक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो। १०औं मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बुले डिबक्स बाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन्। खेलको …

पुरा पढ्नुहॊस »

भोलिका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले लगातार संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन्। ‘सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने। एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार …

पुरा पढ्नुहॊस »

आइतबार सुनचाँदीको मूल्यमा गिरावट

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ४ सयले घटेको हो। आज छापावाला सुनको प्रतितोला ९० हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज २० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार १९५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

एमसीसी उपाध्यक्ष फातिमा चार दिने नेपाल भ्रमण सकेर आज फर्किँदै

अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन्। नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं पुगेकी थिइन्। चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन्। भेटमा एमसीसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन। काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी …

पुरा पढ्नुहॊस »

अमेरिकामा कोरोना नियन्त्रण उन्मुख छैन, एक दिनमै एक लाख ६० हजार नयाँ सङ्क्रमित थपिँदै

अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फुचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताए । कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ। सबैले कोरोना भाइरसविरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उनले बताए। “हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख …

पुरा पढ्नुहॊस »

उत्तरी सीमा अध्ययन गर्न गठित सात सदस्यीय टोली सिमकोट पुग्याे

नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली जिल्लाको सिमकोट आइपुगेको छ। टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ। मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए। गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली शुक्रबार हुम्ला पुगेको हो। टोलीमा …

पुरा पढ्नुहॊस »

नेपालको हित विपरित एमसीसी स्वीकार्न सकिँदैन, संशोधन गर्नुपर्छ: अध्यक्ष नेपाल

नेपालगन्ज, एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन्। सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ। युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए। ‘एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ। मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु। …

पुरा पढ्नुहॊस »

इन्द्रजात्रामा खटिने तीन सय जनाले पाए कोरोनाविरुद्धको खोप

इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उदेश्यका साथ खोप अभियान चलाइएको बताए। ‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन। अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई नियमित गर्नु पर्नेछ’, उनले भने । खोपसहित जात्रा सञ्चालनका लागि मास्क, पञ्जा, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइने उनले बताए। महानगरको …

पुरा पढ्नुहॊस »

सप्तऋषिको पूजा आराधना गरि मनाइयो ऋषिपञ्चमी, तीज पर्व आजैदेखि समापन

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन्। …

पुरा पढ्नुहॊस »

प्रदेश–२ सरकारद्वारा पहिलाेपटक आर्थिक सर्वेक्षण प्रकाशितः आर्थिक वृद्धिदर ३.५ प्रतिशत

प्रदेश २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ। सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ। प्रत्येक आवको आठ महिनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधान रहे पनि प्रदेश सरकार गठन भएदेखि प्रथम पटक सर्वेक्षण प्रकाशित गरिएको हो। प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सृर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरि आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न …

पुरा पढ्नुहॊस »