नेपाल बार एसोसिएनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ। कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए। ‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता: व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ। बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ। बारले गत जेठ १४, १५ …
पुरा पढ्नुहॊस »अवरुद्ध राजमार्गहरू तत्काल खुलाउन यातायात व्यवसायीहरूको माग
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बुधबार साँझ एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै जाने जनाउँदै यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पुर्याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन्। “चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य …
पुरा पढ्नुहॊस »एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक बिहीवार बिहान ११ बजे बस्ने र बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने बताइएको छ। यस अघि बुधबारको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समूह बनाइ समुहगत …
पुरा पढ्नुहॊस »ललिता निवास प्रकरणमा प्रतिशोधपूर्ण ढंगले फसाइयोः नेता गच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्दर्भिक रहेको बताएका हुन्। उनले प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडीदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार प्रक्रिया अगाडी बढाइ मन्त्रिपरिषद्ले सामुहिक निर्णय गरेको भएपनि आफूलाई पूर्वाग्रहीरुपमा भ्रष्टाचारको मुद्धा …
पुरा पढ्नुहॊस »परराष्ट्रमन्त्री खड्का राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति न्युयोर्क प्रस्थान गरे। गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरे। ‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनः स्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका …
पुरा पढ्नुहॊस »भोजपुर नगरपालिकाका साना किसानका लागि मेगा बैंकको सहुलियत कर्जा प्रवाह गर्ने सम्झौता
मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ। सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता ब्यक्त गरे। भोजपुर नगरपालिकाका मेयर आलेले …
पुरा पढ्नुहॊस »अशोक लेलैण्डकाे चार्डपर्वलक्षित ‘दसैँ तिहारको बहार पक्का उपहार’ याेजना
आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चार्ड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ। जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन्। चार्डपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए। यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको …
पुरा पढ्नुहॊस »प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ (भिडियाेसहित)
गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ। उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ। सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका …
पुरा पढ्नुहॊस »भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिनापछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ। यो सङ्ख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ। दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो। पछिल्लो …
पुरा पढ्नुहॊस »कांग्रेस पदाधिकारी बैठकको निर्णय: असोज नौ गते नै पालिका अधिवेशन
नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताए। उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताए। उनले …
पुरा पढ्नुहॊस »