नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत दिएको छ। बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेका बैंकले जनाएको छ। पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्। हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट …
पुरा पढ्नुहॊस »२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न एमालेकाे सर्कुलर
एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो। साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ। यस्तो छ सर्कुलर नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका …
पुरा पढ्नुहॊस »प्रदेश २ को नाम अब ‘मधेश प्रदेश’
प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हाे। प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ। जुन दुई तिहाइ बहुमत हो। १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरधामलाई नै पारित गरेको थियो ।
पुरा पढ्नुहॊस »नेपालमा थपिए ६,७३४ जना कोरोना संक्रमित, ५४७ जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप ६,७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार १४ जनाको पिसिआर परीक्षण र ३ हजार ४५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन परीक्षणबाट १ लाख २ हजार ४५५ रहेकाे छ। निकाे हुनेकाे …
पुरा पढ्नुहॊस »प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै कायम
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै कायम भएको छ। जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मतले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो। प्रदेश सभामा कायम रहेका १०४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए। जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो। प्रदेश २ को नामका लागि भने मतदान हुँदैछ।
पुरा पढ्नुहॊस »नेप्से परिसूचक २० अंकले बढ्यो
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेर २ हजार ९४७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले बढेर ५४६ बिन्दुमा पुगेको छ। आज २२४ वटा धितोपत्रको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा खरिद विक्री भएको छ । आज पनि मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साेमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको बताइएकाे छ। प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा भोलि मंगलबार सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ। कोभिड–१९ बाट सङ्क्रमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिनयता …
पुरा पढ्नुहॊस »स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारसँग माग
स्थानीय तह सरकारसँग सम्बन्धित तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको छ। गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार विज्ञप्ति निकालेर ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको हो । ‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश: ७ असार २०७९, २१ असार र ७ …
पुरा पढ्नुहॊस »चीनले मानवीय सहायतास्वरुप सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ। मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो। सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ। त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ। पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो। आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले …
पुरा पढ्नुहॊस »पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्रमण भएको छ। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ। केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो। आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए। मन्त्री आलेसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको …
पुरा पढ्नुहॊस »