प्रदिप नेपाल

काठमाडाैंका सिडिओसहित १८ कर्मचारीमा काेराेना भएपछि नियमित सेवा स्थगित

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ। नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ।’ काठमाडौं प्रशासनमा ६० …

पुरा पढ्नुहॊस »

आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ। दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चितवनकाे मिडटाउन रिर्सोटमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोट प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका बाग्मती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो। उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटारस्थित सरकारी निवासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ। स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ।

पुरा पढ्नुहॊस »

मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत मिलेकाे छ : अध्यक्ष यादव

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए। ‘मधेशी भन्ने साथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए। अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा पालुङका विद्यार्थीलाई न्यानो कपडा बितरण

“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको पालुङ शाखाले थाहानगर ̵ ७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययरत विपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण …

पुरा पढ्नुहॊस »

शेयर बजारमा गिरावट, नेप्से १० दशमलव ७८ अंकले घट्याे

पछिल्लो समय लगातार बढिरहेको शेयर बजार आज भने केही घटेको छ। नेप्से आज सामान्य अंकले घटेको हो । नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा झरेको छ। आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह १९८ र निर्जीवन बीमा समूहको शेयर १७८ अंकले घटेको । आज बैंकिङ समूहको …

पुरा पढ्नुहॊस »

काेराेना अपडेट : नेपालमा १०,२५८ जना संक्रमित थपिए

गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७ हजार ८७२ जनाको पिसिआर परीक्षण र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ६८ हजार २१५ र एन्टिजेन परीक्षणबाट १ लाख ३ हजार ९८३ रहेकाे छ। …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा माघ महिनाभरि आमसभा र जुलुसमा रोक

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन्। तीन वटै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन्। ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए …

पुरा पढ्नुहॊस »

एमालेले चयन गर्याे ६३ जिल्लामा नयाँ नेतृत्व

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ। एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ। धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु …

पुरा पढ्नुहॊस »