नेपाल बङ्गलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भूपेन्द्र पाण्डे

नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत दिएको छ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेका बैंकले जनाएको छ। पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस