चीनले मानवीय सहायतास्वरुप सिरियालाई ४ हजार टन चामल पठायो

चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ। मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो।

सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ। त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ। पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो।

आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए। त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए।

उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए। त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस