साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेर २ हजार ९४७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले बढेर ५४६ बिन्दुमा पुगेको छ।
आज २२४ वटा धितोपत्रको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा खरिद विक्री भएको छ ।
आज पनि मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
प्रतिकृया दिनुहॊस