ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन्। गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।
पुरा पढ्नुहॊस »नायिका श्वेता खड्कालाई कोरोना संक्रमण
नायिका श्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन्। केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो। ‘केही दिनमै काेराेना जितेर आउनेछु।’ उनले भनेकी छिन् । सबैलाई सुरक्षित रहन अनुराेध गर्दै उनी हाेम आइशाेलेसनमा बसेकी छिन्।
पुरा पढ्नुहॊस »दराजको नयाँ लोगो सार्वजनिक, नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त
अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्ड लाेगाेको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताए। उनले विगत सात वर्षमा दराजले धेरै विकास गरेको र यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियरहरू परिवर्तन गरिएकाे बताए । यसका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको हाे। ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिएका छन्।
पुरा पढ्नुहॊस »सत्तारूढ गठबन्धनकाे बैठकमा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति
सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति जुटेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमतिमा पुगेकाे हाे। मिति तय गर्ने लगायतका विषयमा भने आगामी बैठकमा छलफल हुने बताइएकाे छ। मंगलबारकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा …
पुरा पढ्नुहॊस »पञ्चाङ्ग निर्णायक समितिद्वारा विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति
विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। समितिबाट स्वीकृति पाएका पात्रो माघ १५ गतेदेखि बजारमा आउनेछन्। विसं २०७६ सम्म पुस …
पुरा पढ्नुहॊस »अर्घाखाँचीको धनचाैरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु
अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ। बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहित सेवा थालिएकाे मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए। मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे। शाखारहित बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखारहित बैंकिङ सुविधा ल्याउँदा नागरिकलाई बैंकिङ सेवा …
पुरा पढ्नुहॊस »गायक विनोद नेपाल र गायिका रिता अधिकारीको ‘मायाको लिला’ बजारमा (भिडियो)
काभ्रेली गायक विनोद नेपाल र गायिका रिता अधिकारी हुमागाईंको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । ‘मायाको लिला’ नामको गीत हालै बजारमा आएको हो। मिलन फिल्मसले उत्पादन गरेको यस गीतमा स्वर विनोद नेपाल र रिता अधिकारी हुमागाईंको रहेको छ । शब्द र लय विनोद नेपालको छ भने एरेन्ज विष्णु तामाङको रहेको छ । गीतको म्युजिक भिडियोमा कलाकारहरु मकुन्द थापा, विनोद नेपाल, रिता अधिकारी हुमागाईं, आरएन कार्की, केदार न्यौपाने र अनिता …
पुरा पढ्नुहॊस »आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा
नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ। साेमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते (आज) सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
पुरा पढ्नुहॊस »काठमाडौँका यी १९ अस्पतालमा लगाउन सकिन्छ बुस्टर डोज
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ। माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइनेछ। निजामती …
पुरा पढ्नुहॊस »