पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्रमण भएको छ। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ।

केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो। आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए।

मन्त्री आलेसहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ। अनुगमनमा जाँदा सम्बन्धित कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गरेका मन्त्री आले र उनको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नाउपामा विवाद : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो, प्रमुख सचेतकमा रेशमका बुबा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सदस्यले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय …

प्रतिकृया दिनुहॊस