प्रदिप नेपाल

स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा आफू नरहेकाे कांग्रेस नेता सिंहद्वारा स्पष्ट

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्। नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे। शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए। उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा …

पुरा पढ्नुहॊस »

नेपालमा थप १० हजार २५४ जनामा काेराेना संक्रमण पुष्टि, ७०८ जना निकाे भए

गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार ४६२ जनाको पिसिआर परीक्षण र ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। शनिबार निकाे हुनेकाे संख्या ७०८ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या १६ रहेकाे छ ।

पुरा पढ्नुहॊस »

फिलिपिन्समा ६ म्याग्‍निच्यूडको भूकम्प

शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। २३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। क्षतिकाे बारेमा कुनै विवरण प्राप्त भएकाे छैन।

पुरा पढ्नुहॊस »

भोलि सर्वोच्चसहित देशभरका अदालत बन्द रहने

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो। बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए। सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रले महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा अध्यक्षलाई दिने

नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए। उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस …

पुरा पढ्नुहॊस »

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को बैठक बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो। बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन लगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्। माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्रै चुनेको थियो। महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ। बाँकी केन्द्रीय …

पुरा पढ्नुहॊस »

माघ १० गतेदेखि मलेशिया भ्रमण गर्न नपाइने

सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ। कोभिड -१९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो। मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो।

पुरा पढ्नुहॊस »

कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता उल्लेख्य छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा खोप प्रभावकारी रहेको बताएका छन्। शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन्। प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताए। साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने पनि बताए। प्रधानमन्त्री देउवाले अहिले संसदमा …

पुरा पढ्नुहॊस »

नेपालमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि, निकाे हुनेकाे संख्या ७६६

गत २४ घण्टाभित्र नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १८ हजार ६१८ जनाको पिसिआर परीक्षण र ४ हजार ४७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। शुक्रबार निकाे हुनेकाे संख्या ७६६ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ । हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० …

पुरा पढ्नुहॊस »