नेपालमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि, निकाे हुनेकाे संख्या ७६६

गत २४ घण्टाभित्र नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

१८ हजार ६१८ जनाको पिसिआर परीक्षण र ४ हजार ४७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

शुक्रबार निकाे हुनेकाे संख्या ७६६ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ३ रहेकाे छ ।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ९६ हजार ५८४ र एन्टिजेन परीक्षणबाट १ लाख १० हजार ७ रहेकाे छ।

हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १९ हजार ५७५ पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६३५ रहेकाे छ। नेपालमा हाल ६५ हजार ३७४ जना सक्रिय संक्रमित छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री