प्रदिप नेपाल

कांग्रेसका १६ जिल्लाकाे अधिवेशन फेरि स्थगित

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको जनाएको छ। कोरोना महामारीका कारण १५ माघमा हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको समितिले जनाएको हाे। कांग्रेसको सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, कैलाली, बाँके, नवलपुर र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ। कोरोना कहर सामान्य अवस्थामा आएपछि मात्र जिल्ला अधिवेशनको नयाँ …

पुरा पढ्नुहॊस »

नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्रबीच सहकार्य

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे। कार्यक्रममा बोल्दै नबिल बैंकका …

पुरा पढ्नुहॊस »

यी सवारीमा जोरबिजोर लाग्दैन

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार मध्यरातदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने निर्णय गरेका छन् । तर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स, दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने प्रशासनले शुक्रबार जारी गरेको थप आदेशमा उल्लेख गरिएकाे छ। यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल, तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन । चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर नलाग्ने भएकाे छ। यस्तै पत्रकारको हकमा भने सूचना …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन

सत्तारुढ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ। शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदशन गरेका हुन्। त्यस क्रममा उनीहरुले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन्। मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर …

पुरा पढ्नुहॊस »

नरेन्द्र मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन्। मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ। १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन्। बाइडेनको एप्रोभल रेटिङ ४३ प्रतिशत छ। बाइडेनको पछि क्रमशः क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन छन् । मोदीपछि मेक्सिकोका राष्ट्रपति लोफेज ओब्रादर दोस्रो स्थानमा छन् …

पुरा पढ्नुहॊस »

कोरोना प्रभाव : शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङग्रहालय बन्द गर्ने निर्णय गरेको थियो। आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय, …

पुरा पढ्नुहॊस »

सुनकाे मूल्य १०० रुपैयाँले बढ्याे

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ। शुक्रबार सुन १ सयले बढेकाे हाे। यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिकमा खुद नाफा २ अर्ब ४० करोड

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरू माझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम …

पुरा पढ्नुहॊस »

काठमाडाैं उपत्यकामा चल्ने सबै सवारी साधनमा जाेर विजाेर प्रणाली

काठमाडाैं उपत्यकामा शुक्रबारबाट लागू हुने गरि निजी तथा भाडाका सबै सवारी साधन जाेर विजाेर अनुसार संचालन हुने भएका छन्। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यस्ताे सूचना जारी गरेका हुन्। लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्न जारी आदेशमा उल्लेख छ।

पुरा पढ्नुहॊस »

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले लिखित परीक्षाहरू स्थगित गरेको छ। बिहीबार बसेको आयोगको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र आयोगकै कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो। आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने लिखित परीक्षा स्थगित गरिएको जनाएको छ। यस्तै, फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षासमेत कम्तीमा सात दिनको पूर्वसूचना दिई पुन:तालिकिकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ। परीक्षा बाहेकका अन्य पूर्वनिर्धारित कार्यक्रम भने यथावत् …

पुरा पढ्नुहॊस »