पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी

नेकपा (माओवादी केन्द्र) को बैठक बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन लगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन्।

माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्रै चुनेको थियो। महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ।

बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ। यी विषयमा पनि छलफल भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पछिल्लो नतिजा : इलाममा अगाडि बढ्दै सुहाङ, दोस्रोमा रुख र मुढाको प्रतिस्पर्धा

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ …

प्रतिकृया दिनुहॊस