कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता उल्लेख्य छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा खोप प्रभावकारी रहेको बताएका छन्। शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन्।

प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताए।

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने पनि बताए।

प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस