सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै राजापुर बजार, राजापुर नगरपालिका वडा नं.४ बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०६ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न …
पुरा पढ्नुहॊस »नेपाल टेलिकम र साइबर नेटिक्सबीच सम्झौता
एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानहरुमा द्रुतगतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न प्याकेजहरू उपलब्ध गराइरहेको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता भएको टेलिकमले जनाएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र साइबर नेटिक्स …
पुरा पढ्नुहॊस »नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि
गत २४ घण्टाभित्र नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २१ हजार ७ जनाको पिसिआर परीक्षण र ६ हजार ४९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। बिहीबार निकाे हुनेकाे संख्या ६४९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ ।
पुरा पढ्नुहॊस »पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूकाे माग
विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ। अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निस्पक्ष, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारी अध्यक्ष सुन्दर रायमाझी र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन्। अन्यथा देशभर …
पुरा पढ्नुहॊस »कोरोनाका कारण देखाउँदै त्रिविका परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले माघ ९ गते आइतबारदेखि अर्काे सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो। विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्काे सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख …
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डू र लाइफ मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच छुट सम्झौता
बैंक अफ काठमाण्डू लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौता पश्चात् ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरुमा १०% छुट पाउनेछन् । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस …
पुरा पढ्नुहॊस »शेयर बजारमा हरियाली : ३३.०३ अंकले वृद्धि भयाे नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। आज नेप्से परिसूचक ३३.०३ अंकले बढेर २ हजार ९३१ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ बिन्दुमा रोकिएको छ। २२९ वटा धितोपत्रको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको …
पुरा पढ्नुहॊस »महानगरीय ट्राफिक प्रहरीद्वारा उपत्यकामा नागरिक सचेतना अभियान शुरु
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ। बिहीवार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान शुरु गरेको हो । महाशाखाले सवारीसाधनमा मास्क अनिवार्य लगाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेटहरुसमेत टाँसेको छ भने सवारीसाधन चालक र सहचालक तथा यात्रुहरुलाई सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका …
पुरा पढ्नुहॊस »स्वास्थ्य मापदण्ड पालना नभएकाे भए त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्। परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको …
पुरा पढ्नुहॊस »तयारी नपुगेकाे भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित
सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ। बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे। ‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ। पुनः आज बस्ने गरी समय मिलाउँदैछौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो।
पुरा पढ्नुहॊस »