धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशनको लागि सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ । लघुवित्तले निष्काशन गर्न लागेको ३,००,००० कित्ता साधारण शेयरका लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँमा बुधबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धौलागिरी लघुवित्त …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक आज पनि घट्याे, ३८.४५ अंकको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबार दिन बुधबार (आज) पनि घटेर बन्द भएको छ। यो साता निरन्तररुपमा ओरालो लागेको शेयर बजार नेप्से परिसूचक ३८.४५ अंकले घट्दै २ हजार ७७६.६१ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ बिन्दुमा झरेको छ। आज २२३ वटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । आज …
पुरा पढ्नुहॊस »स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुन्छ : अध्यक्ष नेपाल
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताएका छन्। बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताएका हुन्। उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग विस्तृत छलफल गरिरहेको बताए। अध्यक्ष नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा …
पुरा पढ्नुहॊस »भारतमा सङ्क्रमितको सङ्ख्या फेरि बढ्याे, एकै दिन दुई लाख ८५ हजार ९१४ थपिए
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ। बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो। कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन्। ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त …
पुरा पढ्नुहॊस »जनगणना २०७८ : नेपालकाे जनसंख्या २७ लाख ९७ हजार ९७६ बढ्याे
गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ। जुन ११ औँ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो। राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख …
पुरा पढ्नुहॊस »सुनको मूल्य ४०० रुपैयाँले बढ्याे
साताको चौथो दिन बुधबार (आज) नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य १ हजार ३०० रुपैयाँ नै कायम भएको छ।
पुरा पढ्नुहॊस »राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बिहान ९ बजेदेखि मतदान जारी
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान सुरू भएकाे छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता मतदानस्थल र केन्द्र तोकिएका सहरमा पुगेपछि मतदान सुरू भएकाे हाे। प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन …
पुरा पढ्नुहॊस »जापानले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण दिने
नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे। उनीहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो। उक्त सहायताको उद्देश्य आर्थिक तथा वित्तीय नीति तथा संस्थाहरूको …
पुरा पढ्नुहॊस »एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिएका छन्।
पुरा पढ्नुहॊस »जाजरकोटमा भएकाे ट्याक्टर दुर्घटनामा दुई जना बेपत्ता
जिल्लाकाे छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ। सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ। स्थानीयवासीका अनुसार सडकबाट ट्याक्टर खसेको थियो। दुर्घटनास्थलमा ट्याक्टरसमेत भेटिएको छ। ट्याक्टर धनीका अनुसार …
पुरा पढ्नुहॊस »