जाजरकोटमा भएकाे ट्याक्टर दुर्घटनामा दुई जना बेपत्ता

जिल्लाकाे छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ।

सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ। स्थानीयवासीका अनुसार सडकबाट ट्याक्टर खसेको थियो।

दुर्घटनास्थलमा ट्याक्टरसमेत भेटिएको छ। ट्याक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए। चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस