मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापकरुपमा कारोवार विस्तार गरिरहेको ईसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ वटा शाखाहरुमा गई ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्नेछन्। युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै …
पुरा पढ्नुहॊस »नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कालिन्चोक दर्शनको बिक्री प्रवन्धकमा नियुक्त
कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्ने १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्रसहित) साधारण शेयर निष्काशन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ। उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीकाबीच कालिन्चोक दर्शन लिमिटेडमा बिहीबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरि उक्त साधारण शेयर निष्काशन …
पुरा पढ्नुहॊस »विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा
मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुबिधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा …
पुरा पढ्नुहॊस »माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण
माओवादी केन्द्रका नेता एवं स्कूल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ। पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए। एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन्। यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो।
पुरा पढ्नुहॊस »राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ। आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ।
पुरा पढ्नुहॊस »नेपालमा ८ हजार १७ संक्रमित थपिए, ५ हजार २९२ जना निकाे भए
पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक उकालाेमा, ३.३३ अंककाे वृद्धि
साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। यस साताभरि लगातार घटेको नेप्से आज भने ३.३३ अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ बिन्दुमा रोकिएको छ। आज २२४ वटा धितोपत्रको ७७ लाख ७५ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २ वटा कम्पनीको शेयरमूल्यमा …
पुरा पढ्नुहॊस »राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने
राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबारका लागि आह्वान भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागबारे सरकार र संघीय संसद् सचिवालयले ठोस निर्णय गर्न नसक्दा संघीय संसदका दुबै सदनका बैठक पेण्डुलम बनेका छन्। प्रतिनिधि सभाको बैठक पनि सहज बन्न सकेको छैन। सूचना टाँसेर बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक माघ १६ गते आइतबारका लागि बोलाइएको छ। सरकारले एजेण्डा दिन नसकेको र एमालेको अवरोधसमेत कायम रहेपछि राष्ट्रिय सभाको बैठक अनिश्चितकालका …
पुरा पढ्नुहॊस »सहिद सप्ताहको चौथो दिन आज : सहिद धर्मभक्त माथेमाको सम्झना गरियाे
सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरि सम्झना गरिएको छ। प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरि उनलाई स्मरण गरिएको हाे। माथेमा जन्मिएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ। आज उनको उक्त शालिकमा नै माल्यापर्ण गरेर स्मरण गरिएको हो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत …
पुरा पढ्नुहॊस »कोभिड-१९ उच्च सङ्क्रमित विश्वका नौ देश
जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सूची निम्न प्रकार रहेका छ। विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३ अमेरिका : ७ करोड ९ लाख ९ हजार ५२७ भारत : ४ करोड ८५ हजार ११६ ब्राजिल : २ करोड ४५ लाख ६० हजार ९३ फ्रान्स : १ करोड ७८ लाख ४८ हजार २९१ बेलायत : …
पुरा पढ्नुहॊस »