नेप्से परिसूचक आज पनि घट्याे, ३८.४५ अंकको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबार दिन बुधबार (आज) पनि घटेर बन्द भएको छ।

यो साता निरन्तररुपमा ओरालो लागेको शेयर बजार नेप्से परिसूचक ३८.४५ अंकले घट्दै २ हजार ७७६.६१ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ बिन्दुमा झरेको छ।

आज २२३ वटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन्।

कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो। आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस