सुनको मूल्य ४०० रुपैयाँले बढ्याे

साताको चौथो दिन बुधबार (आज) नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य १ हजार ३०० रुपैयाँ नै कायम भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस