प्रदिप नेपाल

‘स्थानीय तहको चुनाव सार्न मिल्दैन’ : अग्नी खरेल

नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन्। झापाको विर्तामोडमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए। चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो । स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन …

पुरा पढ्नुहॊस »

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजबाट विक्री खुल्ला

छ्याङ्दी हाइड्रोपावर लिमिटेड कम्पनीले हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर जारी गरेको हो। कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने उक्त हकप्रद शेयरमा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभा निर्वाचनका लागि यी ठाउँमा ताेकिए मतदानस्थल

राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन हुन लागेको हो। जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ। प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानस्थल तोकिएको …

पुरा पढ्नुहॊस »

उत्तर कोरियाद्वारा दुई वटा मिसाइल प्रहार

उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई वटा क्रुज मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो। उत्तर कोरियाले केही दिनयता श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ। तर, दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफको कार्यलयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन्। प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापन आफैंमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरि व्यवसायीकरुपमा अगाडि बढिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरि राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए। उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको …

पुरा पढ्नुहॊस »

टेकु अस्पतालमा मंगलबारबाट खोप अभियान फेरि सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ। सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमितरुपमा खोप कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो। तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित …

पुरा पढ्नुहॊस »

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट रु.१००० सम्म क्यासब्याक

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ‘खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले रू. १००० सम्मको क्यासब्याक पाइने अफर ल्याएको छ। साथै ५००० सम्म को खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन्। कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको छ। तसर्थ, लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस बैंककोे शंखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभूत विद्यालयलाई एक विशेष कार्यक्रमकाबिच …

पुरा पढ्नुहॊस »

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लि ले एक पृथक र परिमार्जितरूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ । नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्वीज तथा …

पुरा पढ्नुहॊस »

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ हजार ५४० निकाे भए

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ वटा नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार १६ हजार ६५४ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ५४ जनामा र ४ हजार ५४७ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ८२ हजार ५५० …

पुरा पढ्नुहॊस »