प्रदिप नेपाल

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। अधिवक्ता पोखरेलले सनातन व्यवस्थाका बारेमा संविधान आफैंमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरि पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए। उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए । अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रिट निवेदन दायर …

पुरा पढ्नुहॊस »

सुन तस्करीमा दुई विदेशी नागरिक पक्राउ

नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाेजेका थिए । विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका …

पुरा पढ्नुहॊस »

लमजुङ केन्द्र भएर भूकम्पको धक्का महसुस

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ। गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिममा रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ। गए राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो। भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ। …

पुरा पढ्नुहॊस »

बागमती प्रदेश : उपत्यका बाहिरका १० जिल्लामध्ये सबैभन्दा बढी सडक दुर्घटना चितवनमा

बागमती प्रदेश अन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो। कार्यालयको तथ्याङ्क अनुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए। राठोरका अनुसार …

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ। युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ११ पैसा र बिक्री दर १३५ रुपैयाँ ७९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ। स्वीस …

पुरा पढ्नुहॊस »

बैतडीमा टिपर दुर्घटना, चार जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिपर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ। पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो। यस शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरबाट गराइएको बैंकले जानकारी गराएको छ। गढवा शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकका कुल शाखा संख्या …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको बोनस शेयर नेप्सेमा सूचीकरण

नेपाल बैंकको गत पौष २ गतेका सम्पन्न भएको ६२ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २०७ रकम बराबरको १ करोड ७६ लाख ९१ हजार ४६२ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ । शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र लाईफ स्टाईल ईन्टरनेशनल प्रा.लि.बीच छुट सम्बन्धि सम्झौता

डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आइरहेको छ। यसलाई निरन्तरता दिँदै यस बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ। सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५% छुट प्राप्त गर्न सक्नेछन्। यो छुट योजना गोल्डस्टारको …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकहरुलाई कलार्क्स रिर्सोटमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र वीरगञ्जको गण्डकस्थित कलाक्र्स रिर्सोटबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका प्रबन्धक बाबुराम न्यौपाने र कलार्क्स रिर्सोटका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कलार्क्स रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट र रेस्टुरेन्ट, …

पुरा पढ्नुहॊस »