नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन् । यस्तै इसेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र …
पुरा पढ्नुहॊस »नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटकाे सेमिफाइनलमा प्रवेश
अपराजित रहँदै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइलनमा प्रवेश गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालले ३ खेलबाट ६ अंक जोड्यो । आफ्नो अन्तिम खेलमा फिलिपिन्सलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टिम ओमानले पनि सेमिफाइनल यात्रा तय गरेको छ। सेमिफाइनलमा नेपालले समुह ए को उपविजेता यूएईसँग र ओमानले समुह ए को विजेता आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् …
पुरा पढ्नुहॊस »३८८ कोरोना संक्रमित थपिए, एक हजार २०५ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ हजार १४० नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोही अवधिमा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितकाे संख्या ११ हजार २८२ रहेकाे छ ।
पुरा पढ्नुहॊस »पृथ्वीनारायण शाहको गलत निर्णयले कालु पाँडे मारिएका हुन् : ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पृथ्वीनारायण शाहको गलत निर्णयका कारण तत्कालीन सेनापति कालु पाँडे मारिएको बताएका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रममा उनले राष्ट्र एकीकरण अभियानमा पृथ्वीनारायण शाहको गलत निर्णयका कारण काजी पाँडे मारिएको बताएका हुन्। उनले भने, ‘कालु पाँडेले अहिले कीर्तिपुरमा आक्रमण गर्नुहुँदैन भनेका थिए । पृथ्वीनारायण शाहले कालु पाँडेका कारण युद्ध हारिने भयो भने। त्यसपछि उनी पनि आक्रमण गर्न राजी भए …
पुरा पढ्नुहॊस »शेयर बजार : २५.४१ अंकले बढ्यो नेप्से
सोमबार शेयर बजार बढेको छ । आइतबार उच्च अंकले घटेको बजार सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ विन्दुमा पुगेको छ । सोमबार २२४ वटा धितोपत्रको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर …
पुरा पढ्नुहॊस »सभापतिकाे उपस्थिती बिना कांग्रेस शीर्ष नेताको अनौपचारिक बैठक सानेपामा
नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक बसिरहेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक एमसीसी पारित गर्ने विषयमा छलफल केन्द्रित रहेको छ। सभापति शेरबहादुर देउवा अनुपस्थित सो बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा पनि छलफल हुनेछ। पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरू सहभागी सो बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ।
पुरा पढ्नुहॊस »कांग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्ला बाजी?
नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो। पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका छन्। प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन्। पूर्वसांसद प्रसैलाले संस्थापन …
पुरा पढ्नुहॊस »बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप
बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्। प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयले जानकारी दिएकाे छ। हेटाैंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ। खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री …
पुरा पढ्नुहॊस »अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालकाे स्थान यथावत्
आईसीसीले टी-२० क्रिकेटकाे नयाँ वरीयता सार्वजनिक गरेकाे छ। साेमबार सार्वजनिक गरेकाे वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ। १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेकाे हाे। भारत टी-२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी-२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो। वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ। तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा …
पुरा पढ्नुहॊस »जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण सुरु
जिल्ला प्रशासन कार्यालय तनहुँबाट ई–पासपोर्ट वितरण थालिएको छ। जिल्लाबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ। प्रशासनले सुरुमा हप्ताको ६ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ। कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम …
पुरा पढ्नुहॊस »