बैतडीमा टिपर दुर्घटना, चार जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिपर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ।

पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजेशप्रसाद पन्त रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए।

दुर्घटनामा ४ जना घाइते भएका छन् । वडा नम्बर ३ कै १२ वर्षीय सुनिल भट्ट, १२ वर्षीय अमृत विष्ट, १३ वर्षीय सुदीप पन्त घाइते भएका छन् । टिपरमा चालकसहित ९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

साँघुरो सडकका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। टिपर सडकबाट करिब २ सय मिटर तल खसेको छ। चालक फरार रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस