आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९२ पैसा र बिक्री दर ११९ रुपैयाँ ५२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ११ पैसा र बिक्री दर १३५ रुपैयाँ ७९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६३ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६८ पैसा र बिक्री दर ८६ रुपैयाँ ११ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा एक पैसा र बिक्री दर १० रुपैयाँ तीन पैसा कायम भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after